काठमाडौं – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले ‘नेकपा एमाले काँसका टुक्राजस्तो होइन, हिरा हो भन्नुभएको छ । उहाँले राजनीतिक, वैचारिक सैद्धान्तिक रुपमा प्रस्ट हुनुपर्छ एमालेमा त्यो गुण छ भन्नुभएको हो ।

पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले भन्नुभयो, सुन र पित्तल छुट्याउन सक्नुपर्छ । एमाले सुनको पार्टी हो, एमालेमा हिरा र सुन मात्रै बाँकी छ । उहाँले पार्टी विभाजित गरी नेकपा(एकीकृत समाजवादी) तिर गएका नेताहरुलाई कटाक्ष गर्दै पित्तल, काँसका टुक्राहरू छुट्टिएर गएको हो,त्यसले केहि फरक नपर्ने बताउनुभएको छ । एमालेमा ‘हिरा र सुन’ मात्रै रहेको छ ।

नेकपा एमाले काठमाडौं जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्रेष्ठले एमालेबाट बाहिरिएर फरक दल गठन गर्नेहरुलाई काँस र पित्तल भन्दै एमालेमा ‘हिरा र सुन’ बाँकी रहेको बताउनुभयो । श्रेष्ठले एमाले सतिसालरुपी रुख रहेको र त्यो रुखमा फलेका केही फल कुहिएर झर्दैमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको जिकिर गर्नुभएको छ ।