काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले परिवर्तनको संवाहक भन्नेहरूले नै पटक–पटक सङ्घीय गणतन्त्रको चिरहरण गरेको बताउनुभएको छ । त्यसैले अब यो व्यवस्थाप्रति पुनर्विचार गर्न ढिलो गर्न नहुने उहाँको भनाइ छ ।

उहाँले सामाजिक सञ्जालमार्फत ट्वीट गर्दै शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार असफल भएको पुनःपुष्टि भएको पनि बताउनुभएको छ । ‘समयमा बजेट पारित नभएकाले नेपालको इतिहासमा पहिलोपटक देश बजेटविहिन (गभर्मेन्ट सटडाउन)को अवस्थामा पुग्नुले ‘अपवित्र गठबन्धन सरकार’ र व्यवस्थाको असफलतालाई पुनःपुष्टि गरेको छ’, थापा भन्नुहुन्छ, ‘परिवर्तनको संवाहक भन्नेहरूले नै पटक–पटक सङ्घीय गणतन्त्रको चिरहरण गरेका छन् । पुनर्विचार गर्न ढिलो नगरौँ ।’