फाइल तस्वीर

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार बेलुकी पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ । उहाँहरुबीच करिब २ घण्टा भेटघाट र छलफल भएको शीतलनिवास स्रोतले जानकारी दिएको हो ।

हिजो साँझ करिब ८ बजे शीतलनिवास प्रवेश गरेका ओली १० बजे त्यहाँबाट बाहिरिनुभएको थियो । उहाँहरुबीच समसामयिक विषयलाई लिएर एमालेको सङ्कट, राजनीतिक अस्थीरता र अन्य विभिन्न विषयमा छलफल भएको बुझिएको छ ।