फाइल तस्वीर

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले ८५ जना सह-सचिवको सरुवा गर्नुभएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज विभिन्न सेवा समूहका ८५ सहसचिवको सरुवा गर्नुभएको हो ।

आज सरुवा गरिएका प्रायः सबैजसो सह-सचिवहरुलाई प्रदेशका विभिन्न मन्त्रालयमा सचिवको जिम्मेवारी दिइएको छ ।